आइतबार, असार ७, २०८३

ताप्लेजुङमा पहिरोले घर बगाउँदा चारजना बेपत्ता

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्।

National life

प्रहरीका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन्। यस्तै, मेहेलेकै भरत तामाङको अवस्था पनि अज्ञात छ।  खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ।

मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्य चौकीको भवन पूर्ण रूपमा पहिराले बगाएको छ ।

ठूलो वर्षा भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ। बाढी र पहिराले मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने पुल बगाएको छ।

याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ। मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्। 

Shivam cement

प्रकाशित: Jun 18, 2023| 07:49 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्