सोमबार, वैशाख २८, २०८३

उपयोगी नभएपछि ७० को उमेरहद हटायौं: ओली

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनपयोगी भएकाले ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताएका छन्। ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको र कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले उमेरहद हटाउने निर्णय गर्नुपरेको ओली प्रष्ट पारे।

National life

अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले चीनलगायत दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए। उनले केहीले पार्टीको उक्त निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोपसमेत लगाए।

अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ भनेर प्रश्नसमेत गरे। काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरुलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो।

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पार्टी पंक्तिलाई निर्देशन दिए।

 

प्रकाशित: Jun 17, 2023| 18:07 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्