मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कस्तो हुनुपर्छ भान्साकोठाको वास्तु ?

 |  शनिबार, असार २, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, असार २, २०८०

भान्सा अर्थात् किचेन वास्तु शास्त्रमा विविध निर्माणहरुको बारेमा विभिन्न प्रकारका तथ्यहरु वर्णन गरिएको छ। कुनै पनि निर्माण कसरी गर्दा राम्रो हुन्छ भनेर भन्नु नै वास्तु शास्त्रको मूल सिद्धान्त हो। आज हामी भान्साघर अर्थात् किचेन घर तथा आवास कुन स्थानमा बनाउनु राम्रो हुन्छ भन्ने विषयको चर्चा गर्छौँ।

triton college

मानिसको शरिर अन्न र पानीको आधारमा नै चल्ने भएकाले भोजन स्वस्थ, शान्त र आनन्दित जीवनको लागि अपरिहार्य मानिन्छ। भोजन या भनौं खाना यस बिना संसारमा कोही पनि प्राणी जीवित रहन सक्दैन। भोजनको सही व्यालेन्स मिलाउन नसक्दा मानिसहरु बढी अस्वस्थ र तनावमा पर्ने गर्दछन्। एउटै भोजन पनि कसैलाई सुपाच्य र कसैलाई अपाच्य हुने गर्दछ। यस्तो किन हुन्छ त रु वास्तु शास्त्रमा यस्ता विविध विषयहरुलाई समेटिएको छ।

घर तथा विभिन्न आवासमा भान्साघरलाई पूर्व दक्षिणको दिशा अर्थात् आग्नेय कोणमा राख्नुपर्ने वास्तुको मत रहेको छ। आग्नेय कोण अग्निको स्थान मानिन्छ। त्यसकारण भान्साघरमा आगोको प्रयोग गरिने भएकाले आग्नेय कोणमा भान्सा बनाउनु भनिएको हो। यदि कुनै पनि संरचनामा आग्नेय कोणमा भान्सा घर बनाउन नसकिने अवस्थामा पश्चिम दक्षिणको कुनामा पनि भान्सा घर बनाउन सकिन्छ। पश्चिम दक्षिणको कुनालाई नैऋत्यकोण भनिन्छ। भान्साको लागि नैऋत्यकोण प्रयोग गर्न सकिने भए पनि आग्नेय कोण नै बढी शुभ मानिएको छ।

भान्सा घरमा खाना बनाउँदा वा कुनै पनि चिज पकाउँदा मिलेसम्म पूर्व फर्केर नै पकाउने गर्नुपर्छ। यदी कुनै परिस्थितीका कारण पूर्व फर्कन नमिल्ने अवस्था भएमा भने उत्तर दिशातर्फ फर्केर पनि खाना पकाउन सकिन्छ। आग्नेय कोणमा पूर्व फर्केर पकाएको खानेकुरा खानाले मानिसलाई स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र आयुलाई लामो बनाउने वास्तु शास्त्रको मत रहेको छ। यसरी बनाएको खानालाई पूर्व वा उत्तर तर्फ फर्केर नै खानु राम्रो हुन्छ। पश्चिम फर्केर खाना पकाउनु र खानुलाई सामान्य मानिएको छ। तर दक्षिण तिर फर्केर खाना पकाउनु र खानुलाई निकै अशुभ मानिन्छ। दक्षिण फर्केर बनाएको खानाले स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गर्दछ। यस्तो खानाले मानिसको आयुलाई पनि कम गराउने शास्त्रहरुको तर्क रहेको छ।

खाना खाँदा उभिएर कहिल्यै खानु हुँदैन। उभिएर खाना खाने मानिसलाई नशा, प्रेसर, पेट तथा सुगर जस्ता रोगका समस्याहरु हुने गर्दछ। खाएको थालमा हात धुनु र कुल्ला पनि गर्नु हुँदैन। खाएको थालमा हात धुने र कुल्ला गर्नेको सबै सम्पत्ति नाश भएर जाने शास्त्रहरुको मान्यता रहेको छ। घरमा दरिद्रता नलागोस् भनेर भान्सामा १ गाग्री पानी सँधै राख्नुपर्छ। गाग्रीको पानी भने प्रत्येक दिन परिवर्तन गर्नुपर्दछ। आजभोली सबैको भान्सा कोठामा धारो हुन्छ नै।

Metro Mart
vianet

धारो राख्दा भान्साकोठाको इशान वा पश्चिम दिशामा राख्नु राम्रो हुन्छ भने भान्सा कोठामा ग्याँस चुलो वा पकाउने प्रमुख इन्धनलाई कोठाको आग्नेय कोणमा नै राख्नु राम्रो हुन्छ। भान्सा घर सकेसम्म त आग्नेय कोणमा नै राख्नुपर्छ। यदी कुनै कारणले गर्दा आग्नेय कोणमा राख्न नसकिने अवस्थामा भने आग्नेय कोणमा कुनै घ्यू वा तेलको बत्ती अथवा कुनै इलेक्ट्रिक बल्व बालिदिनाले पनि वास्तु दोष केही हदसम्म कम हुने गर्दछ।

 

प्रकाशित: Jun 17, 2023| 19:07 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्