शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डहरूको समाजवादी मोर्चा एमालेसँग लड्ने र कांग्रेस तर्साउने रणनीति: ओली

प्रचण्डहरूको समाजवादी मोर्चा एमालेसँग लड्ने र कांग्रेस तर्साउने रणनीति: ओली

समाजवादी मोर्चा भने पनि, नभने पनि लिभिङ टुगेदर चलिरहेकाले यसको आवश्यकता नभएको अध्यक्ष ओलीको दाबी। 
 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं– एमालेबाहेक टुटेफुटेका कम्युनिस्ट नामधारी पार्टीलाई एकै ठाउँ ल्याउने उद्देश्यले निर्माण गर्न लागिएको समाजवादी मोर्चाप्रति अध्यक्ष केपी ओलीले व्यंग्य गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, नेसपालगायत दल आबद्ध रहेर बनाउने भनिएको समाजवादी मोर्चा एमालेसँग लड्न र कांग्रेससँग सत्ता बार्गेनिङ गर्न मात्रै भएको दाबी गरेका हुन्।

उनले भने, ‘यो गठबन्धन सठबन्धन हुँदै गर्छ। यो गठबन्धन मात्रै नपुगेर अर्को समाजवादी मोर्चा पनि बनाउने रे। समाजवादी मोर्चाका दुई उद्देश्य छन्, एउटा एमालेसँग मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउने मात्रै हो।’

अध्यक्ष ओलीले समाजवादी मोर्चा भने पनि, नभने पनि लिभिङ टुगेदर चलिरहेकाले यसको आवश्यकता नभएको दाबी गरे। 

चारैतिर फर्केका गलत तत्त्व एक ठाउँ बसेर राष्ट्रिय शक्ति बन्न नसक्ने ओली बोली थियो। ओलीले एमालेले अब मिसन ८४ सुरु गर्ने बेला आएको उल्लेख गरे।

प्रकाशित: Jun 17, 2023| 15:33 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्