सोमबार, वैशाख २८, २०८३

अदालतको आदेशसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका सांसद टोपबहादुर रायमाझीको पद तत्काल निलम्बन हुने भएको छ।

National life

काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रायमाझी सांसदबाट निलम्बित भएका हुन्।

प्रतिनिधि सभा नियमावलीमा कुनै न्यायिक हिरासतमा रहेमा सांसद पद निलम्बन हुने प्रावधान छ। सभामुखले रायमाझी निलम्बनमा परेको सूचना संसदलाई सुनाएसँगै उनी औपचारिक रूपमा निलम्बनमा पर्ने छन्।

रायमाझीले निलम्बनमा परेको अवधिको सेवा तथा सुविधा पाउने छैनन् भने अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउने छैनन्। मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्।

प्रकाशित: Jun 17, 2023| 07:56 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्