काठमाडौं- प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्णले पद तथा गोपनियताको शपथ लिएका छन्।
आज नियुक्त भएका उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका हुन्।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो। आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवानिवृत्त हुँदैछन् ।