सोमबार, वैशाख २८, २०८३

रमेश लेखकको प्रश्न- निर्वाचित सभापतिलाई सडकबाट कसरी हटाउन सकिन्छ?

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन महाधिवेशनबाहेक अर्को विकल्प नभएको बताएका छन्। महाधिवेशनले मात्रै देउवालाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको उनले स्पष्ट पारे।

National life

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महामन्त्री गगन थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताए। महामन्त्री थापाले पार्टी सभापति देउवाले मार्गप्रशस्त गर्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला लेखकले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँ नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै पार्टी सभापति र केन्द्रीय कार्यसमितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरूको भावनाको प्रतिनिधित्वको आधारमा हुने बताए।

आगामी महाधिवेशनबाट मात्रै कांग्रेसले अर्को सभापति पाउने उनको भनाइ छ। उनले आफ्नो पार्टीमा कम उमेरमा पनि पदाधिकारी बनेकाहरू अहिले संसद्‌मा अगाडि बसिरहेको बताए। ‘नयाँ पुस्ता त यो पार्लियामेन्टमा हेर्नुभयो भने हामीले यो प्रतिनिधिसभामा सबैभन्दा पहिलो रो’मा पार्टीका पदाधिकारीहरु बस्नुहुन्छ,’ उनले भने, ‘तपाईंले जम्मै पार्टीको हेर्नुभयो भने मलाई लाग्छ सबैभन्दा कान्छो उमेरका पदाधिकारी त हाम्रै पार्टीमा छन् त। अनि, नयाँ पुस्ता भनेको कहाँनिर हो ? एक जना सभापतिबाहेक सबै मान्छे नयाँ पुस्ता छन्।’

 

प्रकाशित: Jun 16, 2023| 17:41 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्