NadaNada
शुक्रबार, भदौ ६, २०८२

सीडीओहरुको सरुवा तथा पदस्थापन, कसलाई कहाँ पठाइयो? 

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। अवधि पुगेका र सुगम र दुर्गम मिलाएर १ असारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरेको जनाइएको छ। 

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो। 

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ। त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ। त्यस्तै कञ्चनपुरका सीडीओ गोपाल प्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ। उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो।

यस्तै मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ। सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ। खतिवडालाई सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो।

त्यस्तै डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई नवलपरासीपूर्व सरुवा गरिएको छ। त्यस्तै खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुर खटाइएको छ। त्यस्तै रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रे खटाइएको छ। 

Metro Mart

त्यस्तै कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ। त्यस्तै जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ। त्यस्तै काभ्रेको सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ।

त्यस्तै काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरेको छ। उनीहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौं बाहिर पठाइएको हो।

प्रकाशित: Jun 16, 2023| 17:11 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्