NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • 'आदिपुरूष' को भ्रामक डाइलगबारे मेयर बालेनले पठाए सञ्चार मन्त्रालयलाई पत्र

'आदिपुरूष' को भ्रामक डाइलगबारे मेयर बालेनले पठाए सञ्चार मन्त्रालयलाई पत्र

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- दक्षिण भारतीय फिल्म 'आदिपुरुष'मा जानकी भारतीय छोरी भन्ने गलत जानकारी रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सो गलत जानकारी हटाउनका लागि भारतसँग कूटनीतिक पहल गर्न सञ्चार मन्त्रालयलाई पत्र लेखेका छन्।

शुक्रबार उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै सो फिल्ममा रहेको जानकीसम्बन्धी गलत जानकारीले नेपालको सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भएको भन्दै सो गलत जानकारी नहटेसम्म विश्वमै गलत सन्देश जाने बताएका छन्। उनले यस विषयमा भारतीय पक्षसँग कूटनीतिक पहल गरी सो गलत जानकारी हटाउन उनले सरकारसँग माग गरेका छन्।

बालेनले आदिपुरुषको सो गलत जानकारी नहटेसम्म नेपालभर हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउनसमेत माग गरेका छन्।

हिजोमात्रै उनले फेसबुकमा स्टाटस लेख्दै सो डाइलग नहटेसम्म कुनै पनि भारतीय फिल्म काठमाडौं महानगरभित्र चल्न नदिने चेतावनी दिएका थिए।

यता सेन्सर बोर्डले सो डाइलग हटाइएपछि फिल्म प्रदर्शनको अनुमति दिएको छ। आदिपुरुष आजबाट नेपालमा प्रदर्शन सुरु भएको हो। सुरक्षाको कारण देखाउँदै बिहान केही हलले शो नचलाए पनि दिउँसोदेखि प्रदर्शन सुचारु भएको छ।

Metro Mart

प्रकाशित: Jun 16, 2023| 16:43 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्