NadaNada
शुक्रबार, भदौ ६, २०८२

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै ५ बजे शपथ 

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त भएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश  नियुक्त गरेका हुन्।

कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।

संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था अनुसार उनलाई प्रधानन्यायाधीश नियुक्त गरिएको हो। समितिको बैठकमा कार्कीविरुद्ध परेका २९ उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए। 

त्यसमा जवाफ दिँदै कार्कीले कुनै पनि आरोप प्रमाणित भए आफूले पदबाट राजीनामा दिने बताएका थिए।

कार्की २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसअघि उनी २०६८ असोजमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त भएका थिए।

Metro Mart

२०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछि सर्वोच्चको नेतृत्व कामु प्रधानन्यायाधीशको भरमा चलेको थियो।

प्रकाशित: Jun 16, 2023| 16:08 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्