सोमबार, वैशाख २८, २०८३

जयतु संस्कृतम् दिवस मनाइँदै

१ असार २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध आन्दोलन गरेको सम्झनामा दिवस मनाइँदै आएको हो।  
 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम् दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

National life

१ असार २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै आएको हो।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनविरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाको नाका कटाएपछि त्यस घटनाले  जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाउनाका साथै कुना–कन्दराका जनतालाई राणा शासकविरुद्ध संगठित गरेको थियो।

देशका विभिन्न भाग हुँदै विद्यार्थी भारतको बनारस पुगे। बनारसमा राणा शासन अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका  कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए।

त्यसबेला १ असारमा विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ। आन्दोलनको स्वर्ण वर्ष अवसरमा २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत रुपमा दर्ता गरिएको थियो।

त्यसै वर्षदेखि संस्थागत रुपमा यो दिवस मनाउन थालिएको हो। यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहितको विश्व शान्तिको संकल्प स्वस्तिवाचन गरिएको थियो।

प्रकाशित: Jun 16, 2023| 13:22 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्