NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चीनमा उपचार गरेर फर्केपछि वर्षमानले भने- समाज आलोचनात्मक हुनु राम्रो हो

चीनमा उपचार गरेर फर्केपछि वर्षमानले भने- समाज आलोचनात्मक हुनु राम्रो हो

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वस्थ भएर स्वदेश फर्किएका छन्।

नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज बिहान नेपाल फर्किएका हुन्। उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका नेता पुनलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदीलगायतका नेता कार्यकर्ता विमानस्थलमा पुगेका थिए। विमानस्थलमा पुनले आफू सबैको माया र सद्भावले स्वास्थ्य लाभ गरी फर्कन पाएकामा खुसी व्यक्त गरेका छन्। आफू अब निरन्तर राजनीतिमा सक्रिय रहने पनि उनले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै पुनले जनताको अग्निपरीक्षा भन्दा बाहिर कोही नभएको टिप्पणी गरे। जनताको अग्निपरीक्षामा नेताहरू सधैं पास भएर सिद्ध हुनुपर्ने उनले बताए।

‘राजनीतिक दलहरूमा नयाँ अग्निपरीक्षा सुरु भएको छ। जनताका जुन नयाँ अपेक्षा छन्, त्यसलाई पूरा गर्न कोसिस गर्नुपर्नेछ। विगत ३ वर्षको कोरोना महामारीले अर्थतन्त्र संकटमात्रै हैन सिंगो मानव जीवन संकटमा छ। यस्तो बेला सरकार र पार्टीले विशेष प्रयत्न गर्नैपर्छ। अब नेता, कार्यकर्ता र जनताको पक्षमा खरो रूपमा उत्रने प्रतिबद्धता जनाउन चाहन्छु,' उनले भने। नेताहरूमा प्रश्न उठ्ने गरेको बताउँदै पुनले प्रश्न उठ्नु नराम्रो कुरा नभएको बताए।

Metro Mart

‘जनताले प्रश्न उठाउँदा  नेताहरूले सकारात्मक जवाफ दिनुपर्छ। प्रश्नले नेताको व्यवहार, कार्यशैलीको औचित्यता पुष्टि गर्दिने हो। निश्चित रूपमा समाज आलोचनात्मक हुँदै गएको छ। यसलाई नराम्रो मान्नु हुँदैन। सिस्टममा रहेर आफ्ना कुरा राख्नुपर्छ,’  उनले भने। आलोचनात्मक समाजलाई रचनात्मक बनाउने दायित्व सबैको भएको पुनले बताए। सामाजिक सञ्जालमा नेताको आलोचना हुँदा सबैलाई इरिटेड बनाउने गरेको उनले बताए।

प्रकाशित: Jun 16, 2023| 12:59 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्