शुक्रबार, साउन २९, २०८३

तुलसीपुरमा जिप दुर्घटना, ६ जना गम्भीर घाइते

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

दाङमा यात्रुवाहक जिप दुर्घटना भएको छ। आज बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।

जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् र तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

घाइते सबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ। डीएसपी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ। 

प्रहरीले तीव्र गतिका कारण जिप दुर्घटनामा परेको अनुमान गरेको छ।

 

प्रकाशित: Jun 16, 2023| 11:49 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्