NadaNada
शुक्रबार, भदौ ६, २०८२

तुलसीपुरमा जिप दुर्घटना, ६ जना गम्भीर घाइते

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

दाङमा यात्रुवाहक जिप दुर्घटना भएको छ। आज बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।

जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् र तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

घाइते सबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ। डीएसपी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ। 

प्रहरीले तीव्र गतिका कारण जिप दुर्घटनामा परेको अनुमान गरेको छ।

 

Metro Mart

प्रकाशित: Jun 16, 2023| 11:49 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्