सोमबार, वैशाख २८, २०८३

प्रधानन्यायाधीशमा अनुमोदित भए हरिकृष्ण कार्की

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नियुक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो।
 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं– संवैधानिक परिषद्बाट सर्वोच्च अदालतमा सिफारिस गरिएका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नियुक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। आज बिहान सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा कार्कीलाई उपस्थित गराएर समितिका सदस्यले सवालजवाफ गरेका थिए। 
कार्की २५ वैशाखमा प्रधानन्यायाधीश सिफारिस भएका थिए। त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरु भएको थियो।

National life

बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए। कार्कीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए।

प्रश्नोत्तरपछि उनलाई सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो। प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। कार्की उमेरहदका कारण १९ साउनमा अवकाशमा जानेछन्।

सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो। कार्की आठ महिनायता कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्।

प्रकाशित: Jun 16, 2023| 11:21 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्