सोमबार, वैशाख २८, २०८३

प्रधानन्यायाधीशमा सिफारिस कार्कीसँग सांसदहरूको सवालजवाफ

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

National life

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीसँग सांसदहरूको प्रश्नोत्तर सुरु भएको छ। शुक्रबार बिहान संघीय संसद् सचिवालयमा संसदीय सुनुवाइ समिति बैठकमा कार्कीसँग सांसदहरूले प्रश्न सोधेका हुन्।

हिजो बिहीबार कार्कीले सांसदहरुसमक्ष भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। आजको बैठकले कार्कीको सिफारिस अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

सर्वोच्चको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते कार्की सिफारिस भएका थिए। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Jun 16, 2023| 08:53 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्