NadaNada
शुक्रबार, भदौ ६, २०८२

सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान छ।

यस्तै आव २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ७८ प्रतिशत रहने अनुमान छ। गत आव २०७८/७९ मा यसको वृद्धिदर चार दशमलव ७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराए। आव २०७८/८९ मा राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा प्रदेशको योगदान सात प्रतिशत रहने अनुमान छ।

आव २०७९/८० मा प्रदेशको कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६७ प्र्रतिशत र दुई दशमलव १३ प्रतिशत हुने अनुमान छ। यस्तै प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६६ प्रतिशत र तीन दशमलव २४ प्रतिशत धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत ऋणात्मक हुने अनुमान छ।

आव २०७९/८० सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान छ। गत आवमा यस्तो आय एक हजार ६० अमेरिकी डलर रहेको आर्थिक मामिलामन्त्री शाहीले जानकारी गराए।

Metro Mart

गएको फागुनसम्म बझाङको सैपाल गाउँपालिकाबाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ पालिकामा जम्मा तीन सय ४३ विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा आइसकेका छन्। यस्तै गत फागुनसम्म प्रदेशमा तीन सय ६५ सहकारी संस्था र तीन सय आठ बीमा कम्पनी पुगिसकेका छन्।

बैठकमा यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले प्रदेश लोकसेवा आयोग, महालेखा परीक्षक र महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजेपछि बस्ने बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न लागेको छ।

प्रकाशित: Jun 15, 2023| 21:20 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्