NadaNada
शुक्रबार, भदौ ६, २०८२

संघीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख घिमिरे

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकृटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’ को आज उद्घाटनमा सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा आशा व्यक्त गरेका हुन्।

उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो औँल्याए। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रञ्जु झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सुरु भएको मेला आगामी असार ३ गतेसम्म चल्नेछ। मेलामा ७५ शैक्षिक संस्थाका कक्ष रहने हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए। मेलामा स्वदेशका गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा जानकारी र परामर्श दिइने मेलाका संयोजक टंकराज आचार्यले बताए।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कक्ष छन्।

Metro Mart

प्रकाशित: Jun 15, 2023| 15:38 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्