सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजदूत शर्माको धर्म निरपेक्ष अभिव्यक्तिबारे सांसद पन्तले उठाए सवाल

राजदूत शर्माको धर्म निरपेक्ष अभिव्यक्तिबारे सांसद पन्तले उठाए सवाल

सांसद पन्तद्वारा भारतसँगको कूटनीतिक सम्बन्ध, मुरली नक्सा र नेपालको असंलग्न परराष्ट्र नीतिबारे सरकारी धारणा माग।
 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं– प्रतिनिधिसभाको मन्त्रालयगत बजेट छलफलमा विभिन्न सांसदले प्रश्न गर्ने क्रम जारी छ।

National life

आजको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माबाट व्यक्त धर्म निरपेक्षताबारेको अभिव्यक्तिप्रति सोधीखोजी गरेका छन्। उनले भारतसँगको कूटनीतिक सम्बन्ध, मुरली नक्सा र नेपालको असंलग्न परराष्ट्र नीतिबारे सरकारी धारणा माग गरे।

बैठकको आकस्मिक समयमा सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्ताबाट नेपालको धर्म निरपेक्षतामा प्रश्न उब्जिएको बताए। उनले भने, ‘संविधानमा धर्म निरपेक्षताको कुरा उल्लेख भए पनि दिल्ली राजदूतले नेपाल हिन्दु राष्ट्र नै रहेको आशय व्यक्त गर्नुभएको छ। यसबारे सरकारी धारणा आओस्।’ 

सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माले दिएको अभिव्यक्तिको पनि विरोध गरे। उनले भने, ‘के इपिजीको प्रतिवेदन प्रभुत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ।’ राजदूत शर्माले चिनियाँ प्रोजेक्ट बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

प्रकाशित: Jun 15, 2023| 14:32 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्