सोमबार, वैशाख २८, २०८३

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दा पक्राउ

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई सरकार र संसद् मिलेरै सुनपानी छर्किन लागेको दाबीसहित विरोध प्रदर्शनमा उत्रिनेमाथि प्रहरीको धरपकड।
 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं– राजनीतिक ‘नेक्सस’ प्रयोग गरी नक्कली शरणार्थी प्रकरणको धन्धा चलाएर करोडौं कुम्ल्याएलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै नागरिक समाज र अधिकारवादीले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।

National life

प्रदर्शनका क्रममा नागरिक अगुवा कृष्ण पहाडीसहितलाई प्रहरीले धरपकड गरेको छ।

विरोध प्रदर्शनमा सहभागीले नक्कली शरणार्थी प्रकरणमा संलग्न मुख्य दोषी शीर्ष नेतासहितका सबै पार्टीका नेतालाई कारबाही गर्नुपर्ने, सरकार र संसद्ले भ्रष्टाचारीको संरक्षण गर्न नहुने माग गरेका थिए।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको विरोध प्रदर्शनमा पक्राउ परेकालाई बानेश्वर प्रहरी वृत्तमा थन्काइएको छ। 

प्रकाशित: Jun 15, 2023| 14:05 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्