NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शुक्रबारलाई सर्‍यो प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथिको सुनुवाइ

शुक्रबारलाई सर्‍यो प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथिको सुनुवाइ

संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।
 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

काठमाडौं– संवैधानिक परिषद्बाट सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।

हाल कामु प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको दाबी गरेका हुन्।

आज सिंहदरबारमा बसेको बैठकमा उनलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ। आज संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए।

बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज सुनुवाइ तोकिएको थियो । कामु प्रधानन्यायाधीश कार्की गत २५ वैशाखमा  संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए। कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

प्रकाशित: Jun 15, 2023| 12:47 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्