काठमाडौं–नेपाल सरकारको मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ।
प्रशासनिक मुख्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
आगामी असोज मसान्तसम्म कार्यकाल रहेका निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ।
हालका सचिवमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन्। सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी ३ असारमा सकिँदै थियो।