NadaNada
शुक्रबार, भदौ ६, २०८२

बागमती प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दै

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

काठमाडौं- बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। 

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नुहुने छ।

उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रकाशित: Jun 15, 2023| 09:16 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्