सोमबार, वैशाख २८, २०८३

आज बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफल हुने

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

National life

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ। आजको बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

मन्त्रालयगत छलफल १२ असारसम्म जारी रहनेछ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफल सोमबार सकिएको थियो।

प्रकाशित: Jun 15, 2023| 08:59 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्