NadaNada
शुक्रबार, भदौ ६, २०८२

समामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार भेट

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन्। आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो। 

भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवलाई विशेष महत्त्वका साथ जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको भन्दै कोरियाले नेपालको आर्थिक विकासमा पुर्‍याएको सहयोग उल्लेखनीय रहेको बताए। उनले कोरियाली कम्पनी सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रहसमेत गरे। 

बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटक आइरहेको भन्दै उनले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गरे। सभामुख घिमिरेले राजदूत तइयोङलाई सिधा हजाई उडानतर्फ समेत ध्यानार्कषण गराए। ‘नेपाल–कोरिया सिधा हवाई उडानका लागि कोरिया सरकारले तदारुकता देखाउने विश्वास गरेका छौँ’, उनले भने।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मेहनती र अनुशासित’ भएको बताए। उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए।

कोरियाको संसद्मा कोरिया नेपालमैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको सङ्घीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे। 

Metro Mart

कोरियाबाट फर्केका नेपालीले नेपालमा कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उनले घर र गाडी किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिए। नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युत् लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए।
 

प्रकाशित: Jun 14, 2023| 20:41 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्