NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आफूविरुद्धको मुद्दाबारे बाबुरामले भने - देशलाई द्वन्द्वतिर फर्काउन चलखेल

आफूविरुद्धको मुद्दाबारे बाबुरामले भने - देशलाई द्वन्द्वतिर फर्काउन चलखेल

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूविरुद्धको मुद्दालाई  देशलाई द्वन्द्वतिर फर्काउन चलखेल भएको बताएका छन्। उनले केही शक्तिले पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउन चलखेल गरिरहेको बताएका हुन्। 

गृहजिल्ला गोरखा पुगेका भट्टराईले बुधबार पत्रकारसँग कुरकानी गर्दै द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण, मेलमिलाप र बेपत्ता आयोगबाट टुंग्याउनुपर्ने बताए। 

‘प्रचण्ड र मलाई मुद्दा हालियो भनिएको छ, यो त एक प्रकारको पुरानो घाउलाई कोट्याइराखेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल छ, त्यसमा यस्ता केही पात्रलाई उभ्याइएको मात्र हो,’ उनले भने, ‘यसलाई गम्भीरतापूर्वक लिन किन चाहन्न भने बृहत् शाक्ति सम्झौताले त्यसलाई सम्बोधन गरिसकेको छ। सत्य निरुपण, मेलमिलाप, वेपत्ता व्यक्ति छानबिन आयोगको काम छिटो सम्पन्न गरेर त्यसअन्तर्गत हल गर्ने कुरो हो।’ 

सबै कुरा कोट्याएर प्रत्येकलाई मुद्दा मामिलातर्फ लाने हो भने त्यसको अर्थ देशलाई द्वन्द्वमा लाने कुरा हुने र त्यो गैरजिम्मेवारपूर्ण हुने भट्टराईको भनाइ छ। ‘त्यो अन्त्यन्त गैरजिम्मेवार कुरा हुन्छ, के विश्वास छ भने हाम्रा जिम्मेवार निकायले यो कुरा बुझ्छन्,’ उनले भने।

एउटा/एउटा मुद्दा लिँदै जाने हो भने देश दुर्घटनातिर जान सक्ने उनको भनाइ थियो। ‘त्यस्तो नहोस् भन्ने मेरो चाहना छ, मैले यसलाई कुनै खास महत्व दिएको थिइनँ, किनकि महत्व दिनलायक विषय नै होइन,’ उनले भने।

Metro Mart

प्रकाशित: Jun 14, 2023| 19:45 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्