सोमबार, वैशाख २८, २०८३

नेकपा ब्युँताउने कोसिसमा छौं: प्रचण्ड

प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा ब्युँताउने पहल भइरहेको बताएका हुन्। 
 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साम्यवादको तयारीका लागि समाजवादी संयुक्त मोर्चा हुँदै नेकपा ब्युँताउने कोसिस गरिरहेको खुलासा गरेका छन्।

National life

बुधबार माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा ब्युँताउने पहल भइरहेको बताएका हुन्। 

उनले भने, ‘समाजवादी क्रान्ति (साम्यवाद) सीधा र सरल हुँदैन। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण हुन्छ। त्यो हाम्रै नेतृत्वमा हुन्छ। नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल हो। साम्यवाद ल्याउनलाई पार्टी एकता गरिएको थियो।’ प्रधानमन्त्री प्रचण्डले विगतमा एमालेसँग गरिएको एकता कायम राख्न सम्भव नभएकाले पुनः पहल गर्नुपर्ने औंल्याए।

‘नेकपा माओवादी केन्द्र, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। एमालेमा पनि एकताका पक्षधर छन्। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ। सबै कुरा ठीकठाक भए नयाँ नेकपा जन्मिन्छ’, उनले भने। माओवादीले मान्छे मारेको गरेको क्रान्ति विश्व इतिहासका लागि पाठ भएको प्रचण्डले दाबी गरे।

प्रकाशित: Jun 14, 2023| 12:25 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्