सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणको पर्दाफास र भारत भ्रमणका सम्झौता ऐतिहासिक : प्रधानमन्त्री प्रचण्ड

नक्कली शरणार्थी प्रकरणको पर्दाफास र भारत भ्रमणका सम्झौता ऐतिहासिक : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरुद्ध डामिएकालाई नछाडिने र जोगाउन कतैबाट दबाब आए सरकारै छाड्न सकिने प्रधानमन्त्री प्रचण्डको घुर्की।
 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व लिएपछि नक्कली शरणार्थी प्रकरणको पर्दाफास र भारत भ्रमणमा भएका सम्झौता ऐतिहासिक रहेको दाबी गरेका छन्। भ्रष्टाचारविरुद्ध डामिएकालाई नछाडिने र जोगाउन कतैबाट दबाब आए सरकारै छाड्न सकिने उनको भनाइ छ।

National life

बुधबार माओवादी निकट प्रेस सेन्टर नेपालका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को कार्यक्रममा पनि सुशासनका लागि सरकार प्रयत्नशील रहेको दाबी गरे।

स्व.नेता डिआर पौडेलको चौथो स्मृति दिवस अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने सुनिए पनि सुशासन र भ्रष्टाचार निर्मूल गर्दा आइपर्ने व्यवधान हटाउँदा प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्ने पनि तयार रहेको उनले बताए। 

उनले भने, ‘भ्रष्टाचार र बेथितिविरुद्ध लड्दालड्दै बरु सरकार गए जाओस्। गलत सम्झौता गर्नुभन्दा बरु सरकार छाडेर जनतामा जानु हितकारी लाग्छ।’

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारविरुद्ध चालेको कदम र भारत भ्रमणका क्रममा भएका सहमति, सम्झौता ऐतिहासिक भएको उनले सुनाए।

एक थरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र अर्को थरीले असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको प्रधानमन्त्री प्रचण्डले आरोप लगाए।

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल–भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकीलगायतका विषयमा गरिएका सम्झौता साँच्चिकै ऐतिहासिक भएको प्रधानमन्त्रीको धारणा छ।

प्रकाशित: Jun 14, 2023| 10:48 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्