आइतबार, साउन ३, २०८३

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार भर्ना भएका उनलाई बुधबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो। पौडेलको मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो। उनको अवस्था सामान्य देखिएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो।

स्वस्थ्यकर्मीहरूले २४ घण्टा अवलोकन र उपचार गरेपछि पौडेललाई डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै जानकारी दिए। अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 14, 2023| 09:42 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्