आइतबार, साउन ३, २०८३

नेपाल महिला संघमा ५२ सदस्य थपिए

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन्। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५२ जना सदस्यलाई मनोनयन गरेका हुन्।

थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी (चितवन), कमला तिवारी (नवलपरासी), कल्पना नेपाली (नुवाकोट), किरण सरकार (पर्सा), गीताकुमारी गुरुङ (चितवन) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

मनोनित हुने अन्य सदस्यमा गीता श्रेष्ठ (सुनसरी), चन्द्रादेवी जोशी (बझाङ), चिनु पोखरेल (तनहुँ), छाया सुनार (कालिकोट), छिरिङ फुटिक शेर्पा (तेह्रथुम), ज्वाला पाण्डे (काठमाडौँ), तारा थपलिया (दोलखा), दिपशिखा शर्मा ढकाल (सिन्धुली), निनु कर्ण (महोत्तरी), नवोदिता चौधरी (सुनसरी), पवित्रा पौडेल ढकाल (पाल्पा) रहेका छन्।

यसैगरी, पार्वती आचार्य (बाग्लुङ), पार्वती चन्द (डोटी), पुष्पा थारु (रुपन्देही), प्रमिला महतो (धनुषा), भगवती केसी (बाग्लुङ), भागिरथा अधिकारी (मोरङ), भावना शाही (कालिकोट), भारती जोशी (बाँके), मथुरा विष्ट (ललितपुर) र मञ्जु नेपाल (सिन्धुपाल्चोक) पनि मनोनित भएका छन्। 

सभापति देउवाले माया केसी (स्याङ्जा), मीना सिंह प्रजापति (काठमाडौँ),  मिरा चन्द (कञ्चनपुर), मुन्नी गुप्ता (सप्तरी), रमा अर्याल (रुपन्देही), राधा कार्की (झापा), राधा कुँवर (पर्वत), रञ्जिता गिरी (काठमाडौँ), रिता शाही (हुम्ला), रीसा श्रेष्ठ (ललितपुर), लक्ष्मी बाराकोटी प्रसाई (झापा), लिलाकुमारी नेपाल (काभ्रेपलाञ्चोक)लाई समेत सदस्यमा मनोनित गरेका छन्।

यसैगरी वसन्ती भण्डारी (डडेल्धुरा), विमला गैरे (कपिलवस्तु), सनिसा भेटवाल (तेह्रथुम), सरस्वती बस्नेत (सरु) (कैलाली), सरिता आङ्दम्बे (खोटाङ), डा सीता घिमिरे (मोरङ), सीता भुषाल (अर्घाखाँची), सुष्मा तिवारी (पर्सा), सुस्मिता थापा (लमजुङ), सङ्गीता तामाङ (ओखलढुङ्गा) पनि मनोनित भएको मुख्यसचिव पौडेलले बताए। बाँकी नाम पछि प्रकाशित गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

प्रकाशित: Jun 13, 2023| 21:54 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्