आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री अस्पतालमा

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री अस्पतालमा

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।  

मुटुमा समस्या आएपछि आज  बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री साँझ अस्पताल पुगेका हुन्। 

मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले बताए। यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

प्रकाशित: Jun 13, 2023| 21:44 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्