सोमबार, वैशाख २८, २०८३

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

National life

काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन्।

यही जेठको १ गते समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि आज मंगलबार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन्। उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए। प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौरनौ, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एकरएक जना सांसद छन्। यस्तै ३ जना स्वतन्त्र सांसद छन्।

प्रकाशित: Jun 13, 2023| 21:25 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्