सोमबार, वैशाख २८, २०८३

मधेशमा एमालेले थाप्यो 'ढोक्सा' 

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेशमा भने ढोक्सा थापेको छ। यसअघि केन्द्रमा पुस १० गते बनेको सरकारलाई नेपाली कांग्रेसले समर्थन गरेपछि 'ढोक्सा थापेको' आरोप लगाउँदै 'कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने' बताएका थिए। 

National life

पछि ओलीले भनेको ढोक्सामा कांग्रेसले माछा पारेरै छोड्यो र केन्द्र सरकारबाट एमाले प्रतिपक्षी बन्‍न पुग्‍यो। त्यही रणनीति नेकपा एमालेले मधेश प्रदेशमा अपनाएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेको छ।

आज विश्वासको मत लिन लागेका यादवलाई मत दिने एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले बताए। एमालेले नै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज पुनःविश्वासको मत लिन लागेका हुन्।

एमालेकै कारण पुन: विश्‍वासको मत लिन लागेका यादवलाई बहुमत पुग्‍ने देखेपछि फेरि विश्‍वासको मत दिने निर्णय गरेर एकातिर उसको द्वैध चरित्र उदांगिएको छ भने अर्कोतर्फ एमालेले सरकारलाई अस्थिर बनाउन ढोक्‍सा थापेको देखिन्छ। 
 

प्रकाशित: Jun 13, 2023| 19:39 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्