शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा चार दलीय गठबन्धनद्वारा बहुमत सरकारका लागि दाबी पेस

लुम्बिनीमा चार दलीय गठबन्धनद्वारा बहुमत सरकारका लागि दाबी पेस

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

बुटवल–लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर केसीले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन्। 

National life insurance

मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोहीअनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेस गरेको हो।  कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले गठबन्धनले ४१ सा्रसदको हस्ताक्षरसहित दाबी पेस गरेको जानकारी दिए। मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क) बाट निर्वाचित हुन्।

सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने जनाए। प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी छ। 

गठबन्धनबीच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँटको काम बाँकी नै छ। पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति छ।

प्रकाशित: Aug 12, 2021| 12:11. 22 बिहीबार, साउन २८, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।