सोमबार, वैशाख २८, २०८३

प्रचण्ड र बाबुरामविरुद्धको रिटमा कारण देखाउ र अग्राधिकारको आदेश

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध जनयुद्धमा बालसेना प्रयोग गरेको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ। साथै रिटलाई अग्राधिकार दिने आदेश पनि दिइएको छ।

National life

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले यो आदेश दिएको हो।

प्रचण्ड र बाबुरामलाई पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले गत आइतबार सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। पूर्वबालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन जनयुद्धका प्रमुख प्रचण्ड, डा. भट्टराई, गृह, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।

विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बालसेनाको पहिचानसमेत नभएकाले माओवादीले क्षतिपूर्ति दिनुपर्ने माग रिट निवेदकको छ। जनयुद्धमा सँगै रहेका बाबुराम भने अहिले नेकपा माओवादीमा छैनन्।

 

प्रकाशित: Jun 13, 2023| 17:11 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्