सोमबार, वैशाख २८, २०८३

आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने महामन्त्री गगनको उद्घोष

कांग्रेसले सत्तालाई भन्दा विचारलाई केन्द्रमा राखेर काम गर्ने हुँदा आगामी निर्वाचनमा एक्लै लड्न नेता थापाको दाबी।
 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कुनै पनि पार्टीसँग तालमेल नगरिने दाबी गरेका छन्।

National life

कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ र प्रदेशसभा ‘ख’ को संयुक्त आयोजनामा हेटौंडामा आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर कसैसँग सम्झौता नगर्ने बताएका हुन्।

चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई देखिएकाले जनताको निराशालाई चिर्ने प्रतिबद्धता उनले व्यक्त गरे। नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमिरहेकाले कांग्रेसले जनभावनामा आँच आउने कुनै काम नगर्ने उनले प्रतिबद्धता जनाए।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताए। उनले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिए।

कार्यक्रमममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपानेलगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: Jun 13, 2023| 13:24 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्