काठमाडौं– जनता समाजवादी पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्री बनेका सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। यादवले मंगलबार बेलुकी ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री विश्वासको मत लिन लागेका हुन्।
यद्यपि यसबारे विस्तृत विवरण दिइएको छैन। जसपा सांसद रामअतिश यादवका सत्ता समीकरणमा उलटफेर भएकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। मधेस प्रदेश सरकारमा सीके राउतको जनमत पार्टीलाई हटाएर कांग्रेसलाई भित्र्याइएको थियो। यद्यपि हालसम्म जनमत पार्टीबाट मन्त्री भएकाहरु सरकारबाट फिर्ता आएका छैनन्।
एमालेले केन्द्रमा सरकार परिवर्तन भएसँगै सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
पछिल्ल्लो समय सत्तारुढ माओवादीले प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो। विश्वासका मत लिन लागेका यादवको पक्षमा माओवादीले मत नदिइने बताएको छ। यादव गत २७ पुसमा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
तर केन्द्रको समीकरण बदलिएसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छन्।
यसअघि पनि माओवादीले असन्तुष्टि जनाउँदै दुई वटा प्रदेशसभा बैठक वहिष्कार गरिसकेको छ। यादवलाई एमालेले भने विश्वास मत दिने संकेत देखाएको छ।