सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटारमा सत्ता गठबन्धन बैठक, रिसाएका नेता नेपाललाई फुल्याउने प्रयास

बालुवाटारमा सत्ता गठबन्धन बैठक, रिसाएका नेता नेपाललाई फुल्याउने प्रयास

गठबन्धन सरकारमा भाग खाइरहेका नेकपा एस  र जसपाले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डको पहल फकाउने प्रयास थालिएको हो। 
 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं– आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चितवन, डडेल्धुरा र नुवाकोट केन्द्रित भएको तुष पोखेर सरकारसँग असन्तुष्ट हुँदै आएका नेकपा एसका अध्यक्ष माधव नेपाललाई मनाउन बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ।

National life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धन दलभित्रैबाट आएका सन्तुष्टि, पछिल्लो राजनीतिक वातावरणलगायतबारे छलफल भएको बताइन्छ। 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन्। 

गठबन्धन सरकारमा भाग खाइरहेका नेकपा एस  र जसपाले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डको पहल फकाउने प्रयास थालिएको हो। नेकपा एस  जसपा नेताहरूले बजेट विनियोजन पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरिएकाले संशोधन नभए पारित हुन नदिइने घुर्की दिएका छन्। 

आइतबार र सोमबार पनि दुवै दलका सांसदले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्। सोमबार मात्रै नेता नेपालसहितका प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार हानिएका थिए।

प्रकाशित: Jun 13, 2023| 12:18 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्