आइतबार, वैशाख १३, २०८३

संकटको समयमा चाहिन्छ यी तीन कुरा

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

चाणक्य आचार्य तथा दार्शनिक हुन्। उनले जीवनका विभिन्न क्षेत्रमा व्यवहारिक ज्ञान दिएका छन्। हरेक मानिसको जीवनमा संकट आउँछ। सफल व्यक्ति त्यो हो जो कुशलतापूर्वक संकटसँग लड्न सक्छ र त्यसबाट पार पाउन सक्छ। आचार्य चाणक्यले संकटसँग कसरी जुध्ने भनेर व्यवहारिक ज्ञान दिएका छन्। 

National life

मानिसले आफ्नो खराब समयमा हिम्मतका साथ काम गर्नुपर्छ। आत्तिएर समस्याको समाधान हुँदैन, उल्टै काम बिग्रिने सम्भावना हुन्छ। चाणक्य भन्छन् - तपाईं आत्तिएको थाहा पाए शत्रुले झन् आक्रमण गर्छ र तपाईं उसको सामना गर्न कमजोर बन्नुहुन्छ।

चाणक्यका अनुसार खराब समयमा खासगरी तीन कुरामा ध्यान दिनुपर्छ।

सावधानी
त्यसो त जुनसुकै समयमा पनि, जुनसुकै काम गर्दा पनि सावधानी अपनाउनुपर्छ। तर तपाईंको समय खराब चलिरहेको छ भने अतिरिक्त सावधानी आवश्यक पर्छ। संकटको समयमा अवसरहरु कम हुन्छन् र चुनौती बढी हुन्छ। यस्तो बेला सानो गल्तीको पनि ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। त्यसैले सावधानीका साथ कदम चाल्नुपर्छ। 

हिम्मत
कुनै पनि संकटको समयमा साहस र एकता जरुरी हुन्छ। यही नै संकटबाट पार पाउने बलियो अस्त्र हो। एकताले बल दिन्छ, हिम्मत बढाउँछ। संकटको समयमा पनि म एक्लै गर्न सक्छु, मलाई कसैको साथ चाहिँदैन भनेर अहंकार गर्नु हारको बाटोमा अघि बढ्नु हो। जितका लागि त हिम्मत चाहिन्छ, एकता आवश्यक पर्छ। 

kumari

संयम
धेरै मानिस केही संकट आइपर्‍यो भने आत्तिन्छन्, आफ्नो धैर्यता गुमाउँछन्। यस्ता मानिस संकटबाट पार पाउने होइन, उल्टै दलदलमा फस्न पुग्छन्। चाणक्य भन्छन् - संकटको समयमा सुझबुझले काम लिनुपर्छ। संयम भएर काम गर्दा मात्र समस्याको समाधान निस्किन्छ। संकटको समयमा मनलाई मष्तिस्कमाथि हावी हुन दिनु हुँदैन। विचलित मनले सही निर्णय लिन सक्दैन, दिमागले सोचविचार गरेर मात्र निर्णय लिनुपर्छ। 

संकटको बेला नकारात्मक सोचलाई पनि हावी हुन दिनु हुँदैन। सकारात्मक सोच, उचित सल्लाह, ज्ञान, अनुभव र साहस नै तपाईंको ताकत हो। संयम भएर, सोचविचार गरेर काम गर्नुस्, जुनसुकै संकटबाट मुक्ति पाउन सक्नुहुन्छ। 
 

प्रकाशित: Jun 13, 2023| 07:07 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्