शुक्रबार, वैशाख ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालेनको निर्देशनपछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले

बालेनको निर्देशनपछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले

 |  शुक्रबार, वैशाख ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।

National life

प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।

यससँगै सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी तीव्र बनाएको छ।

प्रकाशित: Apr 24, 2026| 09:21 शुक्रबार, वैशाख ११, २०८३
प्रतिक्रिया दिनुहोस्