NadaNada
शनिबार, भदौ ७, २०८२

काठमाडौं महानगरले लगायो दुई अस्पतालमा ताला

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाले दुई अस्पतालमा तालाबन्दी गरेको छ। दर्ता नगरी सञ्चालनमा रहेको काठमाडौं- ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा नम्बर ३२ कोटेश्वरस्थित सहयात्री अस्पतालमा ताला लगाइएको महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

‘स्वास्थ्य जस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराएका हौं,’ पौडेलले भने। दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन तालाबन्दी गरिएको उनको भनाइ छ।

दुवै अस्पताल १५/१५ शय्याका हुन्। चाइनिज पिपुल्स अस्पतालमा अक्युपन्चर र पाइल्सको उपचारमा केन्द्रित थियो। विभागका प्रमुख पौडेलका अनुसार सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको थियो।

विभागले लक्षित वर्गलाई उपलब्ध गराउनु पर्ने सेवाको नियमित निगरानी र अनुगमन गरिरहेको छ।

प्रकाशित: Jun 12, 2023| 21:51 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्