NadaNada
शनिबार, भदौ ७, २०८२

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन साउन १ देखि

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं- विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन साउन १ गतेदेखि सुरु गरिने भएको छ। राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिएका हुन्।

‘कुटनीतिक नियोगकै एक कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिनेछ’ थपलियाले भने।

अहिले नै विदेशमा रहेकाहरूलाई सम्बन्धित देशबाटै मताधिकारको व्यवस्था नभए पनि त्यसबारे कानुन बन्दा सहज होस् भनेर तयारी सुरु गरेको उनको भनाइ छ। ‘विदेशमा रहेकालाई सम्बन्धित देशबाटै मताधिकारको व्यवस्था छैन,’ उनले भने, ‘यस सम्बन्धी कानुन आउँदा नामावली यो हो भन्दा सहज हुने बुझाइका साथ आयोगले यस्तो आन्तरिक तयारी गरेको हो।’

पहिलो चरणमा मलेसिया, युएई, कतारमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने तयारी छ।

मतदाता नामावलीमा नाम सूचीकृत गर्नका लागि विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालको आफ्नो स्थायी ठेगाना उल्लेख गरेर फारम भर्नु पर्नेछ। आयोगले त्यसका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।

Metro Mart

थपलियाले भने, ‘सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास अथवा कूटनीतिक नियोगसँग समन्वय गरेर मतदाताहरूको फोटो, औंठाछाप संकलन गर्ने गरी आयोगले आन्तरिक तयारी गरेको छ।’

प्रकाशित: Jun 12, 2023| 19:25 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्