सोमबार, वैशाख २८, २०८३

प्रचण्डविरुद्धको मुद्दाको प्रतिवाद गर्छौं : देवेन्द्र पौडेल

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाल सैनिकको रुपमा प्रयोग गरेको भन्दै दायर गरिएको मुद्दाको प्रतिवाद गर्ने बताएका छन्। 

National life

संघीय संसद्‌ भवन नयाँबानेश्वरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेकाले प्रतिवाद गर्ने बताएका हुन्। उनले शान्ति प्रक्रिया भाड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए।

‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भिर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ। शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो,’ पौडेलले भने, ‘तर दुर्भाग्य एकथरी तत्वहरुले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरुलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानून बनाएर कानूनद्वारा हल गर्नेतिर भन्दापनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडी बढिराखेका छन्।’

उनले माओवादीविरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे। 

‘विभिन्न रुपमा माओवादी पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काएर लिएर जाने जुन प्रकारको हर्कतहरु भएका छन् र पछिल्लो चरणमा केही व्यक्तिहरुले हामी जनयुद्धका हुँ भनेर अदालतमा गएर मुद्दा हाल्ने काम गरियो, मुद्दा हाल्नका निम्ति उक्साइयो ति पक्षहरूले शान्ति प्रक्रिया भाड्न चाहन्छन्,’ उनले भने, ‘हामी के खबरदारी गर्न चाहन्छौँ भने यस प्रकारको प्रवृत्तिले देशले शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश
गर्न सक्दैन।’

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाब दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रुपले प्रतिवाद गर्ने पनि बताए।

‘अदालतले आफैँ कानून सिर्जना गर्ने होइन। अदालतले राजनीतिक नेतृत्वद्वारा सिर्जित भएका संघीय संसदबाट प्रतिपादित भएका कानूनको व्याख्या गर्ने हो,’ उनले भने, ‘त्यो व्याख्या गर्नेगरी सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने यस प्रकारको क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्नेछ।’

केही तत्वहरुले उहाँलाई समेत मनोवैज्ञानिक रुपमा टर्चर गर्ने र अरु नेताहरुलाई पनि टर्चर गर्ने काम गरेको उनले बताए। उनले भने, ‘हामी त्यसको वैचारिक प्रतिवाद गर्छौं । सैद्धान्तिक प्रतिवाद गर्छौं। र पछिल्ला नयाँ पुस्ताहरुलाई गम्भिरतापूर्वक त्यो आन्दोलनलाई बुझ्नका निम्ति, त्यो मान्छेलाई हत्या गर्नको निम्ति, टुप्पी काट्नको निम्ति, जनै चुडाउनको निम्ति वा धर्म, सम्प्रदायलाई भड्काउनको निम्ति गरिएको आन्दोलन थिएन।’

प्रकाशित: Jun 12, 2023| 18:46 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्