NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्‍त्रीले दिल्लीबाट उद्घाटन गरेको रेल सञ्‍चालनको विवादले १० दिनसम्म पनि फर्किएन 

प्रधानमन्‍त्रीले दिल्लीबाट उद्घाटन गरेको रेल सञ्‍चालनको विवादले १० दिनसम्म पनि फर्किएन 

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत राजधानी दिल्लीबाट उद्घाटन गरेको रेल सञ्‍चालनको जिम्म‍ेवारी कसले लिने भन्‍ने विवाद भएपछि फर्किन सकेको छैन। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जेठ १८ गते दुई मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्म कार्गो रेल सजिएर आयो। उद्घाटको दिन फलामजन्य उद्योगको कच्चा पदार्थ समेत बोकेर विराटनगर भन्सार यार्ड आएको कार्गो रेल १९ गते भारत गएपछि पुनः फर्केर आएको छैन। 

रेल विभाग वा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत रहेको इन्टरमोडल कम्पनीको व्यवस्थापन जिम्मेवारी कसले लिने भन्‍ने विवादका कारण कार्गो रेल सेवाले सञ्‍चालन हुन नसकेको बताइएको छ। 

कार्गो रेल सेवा सुरु भएपछि यस क्षेत्रका उद्योगी व्यावसायी उत्साहित भएका थिए। तर फर्किए नआउँदा भने निराश बन्‍नु परेको छ। 

यस क्षेत्रका उद्योगीले औद्योगिक कच्चा पदार्थ भारतको कोलकत्ताबाट ट्रक वा कन्टेनरबाट ढुवानी गर्दा प्रति किलो भारु ३ रुपैयाँ भाडा तिर्दै आएका छन्। कार्गो रेलबाट कच्चा पदार्थ आयात गर्दा प्रतिकिलो भारु एक रुपैयाँ ९५ पैसा ढुवानी खर्च लाग्‍छ। 

Metro Mart

रेलको व्यवस्थापन हेर्ने छुट्टाछुट्टै निकाय भएको र कसले व्यवस्थापनको जिम्मेवारी लिने भन्‍ने विवादको टुंगो नलागेका कारण भारतबाट कच्चा पदार्थ बोकेर विराटनगर आउने कार्गो रेल आउन समस्या भएको नेपाल रेल्वे कम्पनीका निर्देशक निरन्जनकुमार झाले बताएका छन्। 

सरकारले सञ्‍चालन तथा व्यवस्थापनको जिम्मेवारी नतोक्दा र त्यस सम्बन्धी विधि नबनेका कारण समस्या सिर्जना भएको हो। व्यवस्थापनको जिम्मेवारी तोकेर विधि निर्माण गरेपछि कार्गो रेल सेवाले निरन्तरता पाउने उनको भनाइ छ। उनका अनुसार त्यसका लागि झण्डै एक महिना लाग्न सक्छ। 

हाल सञ्चालन गरिएको बथनाह विराटनगर भन्सार यार्ड सम्मको साढे सात किलोमिटर रेलमार्गको लिग परीक्षण भने चार वर्षअघि नै गरिएको थियो। सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ। बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको थियो। यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ। त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ।

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन। केही स्थानमा मुआब्जा विवाद कायमै छ। उक्त समस्या समाधानका लागि पहल भइरहेको छ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो। विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने सरकारको योजना छ। कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ।

सो आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ छ। उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो। यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ। सो रेलमार्ग महोत्तरीको बर्दिवाससम्म निर्माणाधीन छ।

केही स्थानमा भने निर्माण सम्पन्न भइसकेको छ। भारत सरकारले नेपालका विभिन्न छ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो।
 

प्रकाशित: Jun 12, 2023| 17:54 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्