NadaNada
शनिबार, भदौ ७, २०८२

नेपालगञ्जमा आगलागीका घटना बढे

नेपालगञ्जमा विद्युतीय उपकरण प्रयोगका घटना बढी हुने गरेको उपमहानगरको तथ्यांक।
 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

बाँके– नेपालगञ्ज उपमहानगरमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन्। २०७६ देखि २०७९ सम्म भएको आगलागीबाट ६८, विद्युतीय झट्काबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र थाहा नभएका ५१ घटना भएको नेपालगञ्ज उपमहानगरको दमकल सेवा कार्यालयले जनाएको हो। 

विद्युत् प्राधिकरण, डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीय संरचनाले जमिनमा छुने वा एउटाले अर्को लाइनलाई छुँदा विद्युतीय घटना हुने बताए। विद्युतीय झट्काबाट हुने घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ।

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) सम्बन्धी निजी क्षेत्रसँगको समन्वय कार्यशालामा पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिँदै सिँचाइबाट विद्युतीय दुर्घटना बढी भएको उल्लेख गरे। उनले भने, ‘विद्युतीय दुर्घटनाबाट जोगिन विद्युतीय उपकरण प्रयोगमा चनाखो हुन आवश्यक छ।’

नेपालगञ्ज उपमहानगरका अधिकृत एवं विपद् सम्पर्क व्यक्ति प्रकाश डिसीले विपद्का विभिन्न समस्यालाई सम्बोधन हुने गरी पूर्वतयारी गर्नुपर्ने बताए। उनले स्थानीय सरकारबाट विपद् पूर्वतयारीसम्बन्धी भएका गतिविधिबारे जानकारी दिँदै भूकम्प, आगलागी, शीतलहर र लुजस्ता विपद् समय सबैको सहकार्य आवश्यक पर्ने औंल्याए। उनले समन्वय गर्दा घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

परियोजनाका नरेश निदालले विपद्मा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै अध्ययनले नेपालगञ्ज आगलागी र भूकम्पको जोखिम क्षेत्रका रूपमा देखाएको जानकारी दिए। ‘परियोजना नेपालगञ्ज उपमहानगर–३ र ७ मा सञ्चालन भइरहेको छ’, उनले भने।  

Metro Mart

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त ‘प्रोजेक्ट’ सञ्चालन भइरहेको छ।

प्रकाशित: Jun 12, 2023| 16:57 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्