NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सूर्य नेपालले गर्‍यो सफा हिमाल कार्यक्रममा संलग्न ५२ जनालाई सम्मान

सूर्य नेपालले गर्‍यो सफा हिमाल कार्यक्रममा संलग्न ५२ जनालाई सम्मान

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं- नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा संलग्न नेपालि सेनाका सदस्यहरू, शेर्पालगायतलाइ सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।  

गत चैत्रमा सुरु भई यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सफाई कार्य भएको थियो। सूर्य नेपाल प्रा ली, विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको यस कार्यक्रमको अरु विभिन्न संस्थाहरू संगै एउटा मुख्य साझेदार संस्था हो।   

बिहिबार, एक सम्मान कार्यक्रम आयोजना गरि सुर्य नेपाल प्रालीले सफा हिमाल अभियानमा प्रतक्ष्य योगदान पुर्याउने ५२ जनालाइ विशेस सम्मान गरेको छ।  कार्यक्रममा सुर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीहरुका परिवारलाइ एक(एक लाख नगद रासी सहित सम्मान गरेको छ।

कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीहरू प्रति श्रदान्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।  

 

Metro Mart

प्रकाशित: Jun 12, 2023| 15:53 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्