शनिबार, मंसिर २७, २०८२

घरको मुख्य द्वार पूर्व नै किन ?

 |  सोमबार, जेठ २९, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, जेठ २९, २०८०

वास्तुशास्त्रमा सबैभन्दा महत्वपूर्ण मानिने पाँच तत्वहरू जल, वायु, अग्नि, धर्ती, आकाश मिलेर सारा ब्रह्माण्ड बनेको हुन्छ। यसलाई ‘पञ्चभूत’ पनि भनिन्छ। मानवलगायत अन्य जीवित प्राणीहरू पनि यहि पाँच तत्वको समन्वयबाट बनेको हुन्छ। त्यसैले त प्राणी र प्रकृतिको सम्बन्ध यति प्रगाढ हुन्छ।

National life

पृथ्वीको कुनै निश्चित दिशा र निश्चित वस्तु वा कुनै व्यक्तिको एउटा विशेष किसिमको अन्तरक्रिया हुने गर्छ र यहि अन्तरक्रियाको बारेमा बुझ्नकै लागि यी पाँच तत्वहरूको बारेमा थाहा पाउनु जरुरी हुन्छ।

पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो । घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, यहि कारण हो हरेकलाई यस्तो बारेमा ज्ञान हुनुपर्छ ।

पूर्व
पूर्वबाट सूर्य उदाउँछ, अर्थात् नयाँ प्रहरको आरम्भ हुन्छ। त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ । समृद्धताको दिशा हो पूर्वदिशा ।

घरका निम्न भागहरू पूर्व दिशातर्फ फर्किएको हुनुपर्छ:

Laxmi sunrise bank
kumari

घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजा-आजा गर्ने कोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्छ ।
धन-सम्पत्तिको दराज, बाकस, आदिको मुख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनुपर्छ ।
भाञ्छा तथा चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनु हुँदैन ।
पूर्व दिशामा भएका घरका भागहरू कहिल्यै पनि पश्चिम, दक्षिण-पश्चिम तथा उत्तर-पश्चिम दिशामा भएका भागहरूभन्दा माथिल्लो (उच्च) स्थानमा हुनु हुँदैन।

प्रकाशित: Jun 12, 2023| 19:07 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्