NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणः डामिएकालाई जेलबासमा नपठाउन पक्षधर वकिलको बहस

नक्कली शरणार्थी प्रकरणः डामिएकालाई जेलबासमा नपठाउन पक्षधर वकिलको बहस

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई फूलमाला लगाएर रिहा गर्ने वा थुनामै राखेर छानबिन अगाडि बढाउने भन्नेमा सरकारी वकिल र प्रतिवादीका वकिलबीच कानुनका दफा र छिद्र खोतल्ने काम अदालतमा हुँदै आएको छ।
 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौं कुम्ल्याउने धन्धा चलाइरहेका उच्च राजनीतिक नेतृत्वदेखि प्रशासनका प्रमुखविरुद्ध करोडौं ठगी प्रकरणमा चार दिनदेखि खतमाफीको बहस भइरहेको छ। ३१ जेठमा नक्कली शरणार्थी प्रकरणको अन्तिम फैसला आउने समय तोकिएको छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई फूलमाला लगाएर रिहा गर्ने वा जेलमै राखेर छानबिन अगाडि बढाउने भन्नेमा सरकारी वकिल र प्र्रतिवादीका वकिलबीच कानुनका दफा र छिद्र खोतल्ने काम अदालतमा हुँदै आएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा प्रतिरक्षा बहसमा उत्रिएका हाई–प्रोफाइलका वकिलले नक्कली शरणार्थी धन्धा नचलाएको, रकम नलिएको भन्दै प्रतिरक्षा गरिरहेका छन्।

आइतबार नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र अर्का अभियुक्त सन्दीप रायमाझीका वकिलले अदालतमा यस्तै प्रकृतिको जवाफ दिएका थिए। उनीहरुले भुटानी शरणार्थी प्रकरणमा आफूहरु संलग्न नभएको र रकम लेनादेनासमेत नगरेको दाबी गरे।

अधिवक्ता राम घिमिरेले सविच पाण्डेका तर्फबाट बचाउ बहस गरेका थिए। भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधान गर्न तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि नै उनको प्रश्न थियो।

सन्दीपका वकिले भने बिचौलियाको भूमिकामा रहेका अभियुक्त सानु भण्डारी र सन्दीपको कम्पनीमा सँगै काम गरेको लेनदेन भएको जिकिर गरेका छन्। सन्दीपका तर्फबाट बाबुराम दाहालले बहस गरे। उनले टोपबहादुर रायमाझीका छोरा हुँदैमा मुद्दा चलाउन नपाइने जिकिर गरे।

Metro Mart

सन्दीपका तर्फबाट अधिवक्ता दाहालसहित, अवतार न्यौपाने, प्रवीण सुवेदीलगायत बहस गरेका थिए। उनीहरूले बाबुको कसुरमा छोरालाई घानमा नहाल्न सुझाए।

हालसम्म प्रतिवादी केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेका तर्फबाट नियुक्त वकिलले नक्कली शरणार्थी प्रकरणमा घुलमेल नभएको भन्ने किसिमले प्रतिरक्षा गरेका छन्।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, उनका तत्कालीन निजी सचिव नरेन्द्र केसी, पूर्वसभासद् आङटावा शेर्पा, गोविन्द चौधरी, रामशरण केसी, हज कमिटी अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुँदै छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई फूलमाला लगाएर रिहा गर्ने वा थुनामै राखेर छानबिन अगाडि बढाउने भन्नेमा सरकारी वकिल र प्रतिवादीका वकिलबीच कानुनका दफा र छिद्र खोतल्ने काम अदालतमा हुँदै आएको छ।

बहसका लागि ६ दिन तोकिएकाा अब १ दिन मात्र बाँकी छ। त्यसपछि उनीहरुलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने आदेश न्यायाधीश न्यौपानेले सुनाउनेछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको प्रमाणपछि प्रहरी हिरासतमा रहेका अभियुक्तको प्रतिरक्षामा गत २४ जेठदेखि उनीहरुका कानुन व्यवसायीले बहस गरिरहेका छन्।

मुद्दाको थुनछेक प्रक्रियाअन्तर्गत सरकारी वकिल पक्षको बहस २३ जेठमा सकिएको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलेलगायतले बहस गरे। बुधबार सुरुमा प्रतावादीका  निजी वकिलले बहस गरेका थिए। यसअघि न्यायाधीश न्यौपानेले वादीतर्फबाट ३ दिन र प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिनको समय छुट्याएका थिए।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरे तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठाए फैसला नभएसम्म कारागारबास जानुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश दिए ठकी प्रकरणका ठगहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउनेछन्।

माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन वा सदर गर्न सक्नेछ। नक्कली शरणार्थी प्रकरणको छानबिन गरिरहेको प्रहरीले २७ करोड बिगो दाबी र ३३ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई सिफारिससहितको प्रतिवेदन बुझाएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिमा दुई पूर्वमन्त्री र एक बहालवाला सचिवसहितका गिरोहमा संलग्न व्यक्ति छन्।

उनीहरूविरुद्ध ११३ जनाले २२ वटा उजुरी दिएको प्रहरी प्रतिवेदनले भनेको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीविरुद्ध  ठगी र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

संगठित अपराध निवारण ऐनअनुसार त्यस्ता कसुरको आरोप लागेका व्यक्तिलाई अदालतको अनुमतिमा पटकपटक गरेर ६० दिनसम्म हिरासतमा राख्न पाइन्छ। हालसम्म राजनीतिक नेक्सस प्रयोग गरी नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको प्रहरीले प्रतिवेदनमा औंल्याएको छ।

गत शुक्रबार मात्रै अदालतले पूर्वगृहमन्त्री खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो। बाँकीसँगको बयान यसअघि नै सकिएको छ। अदालतका सूचना अधिकारी दीपक दाहालले आरोपितविरुद्धको बयान सकिएपछि  थुनछेक बहस सुरु हुने जानकारी दिए। यो प्रकरणका प्रतिवादी केही ‘उच्च पदस्थ’ले आफूमाथि लागेको अभियोगमा इन्कारी बयान दिएको दाहालको भनाइ छ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित १० जेठ १० मा मुद्दा दायर गरेको थियो। १२ चैतमा तीन जनालाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको थियो।

कहिले के भयो ?
१२ चैतः राजनीतिक आडमा नक्कली शरणार्थी प्रकरणको धन्धा चलाइरहेका गिरोहका सञ्चालक केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ प्रहरीद्वारा पक्राउ
१९ वैशाखः पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
२० वैशाखः उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाखः रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी
२७ वैशाख: प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा सचिव पदबाट निलम्बन
२७ वैशाखः  पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
३१ वैशाखः सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ।
३१ वैशाखः पूर्वगृहमन्त्री खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिने म्याद थप
१ जेठः घटनाका आरोपी कांग्रेस पूर्वसांसद आङ्टावा शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
२ जेठः टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकिएको
७ जेठः प्रहरीद्वारा नक्कली शरणार्थी प्रकरण छानबिन प्रतिवेदनसरकारी वकिलको कार्यालयलाई हस्तान्तरण
१० जेठः नक्कली शरणार्थी प्रकरणमा संलग्न ३० जनाविरुद्ध मुद्दा दायर
१९ जेठः अदालतमा १८ अभियुक्तको बयान सकियो
२१ जेठः थुनछेक बहसका लागि खाण, रायमाझीसहित पक्राउ परेका सबै आरोपित जिल्ला अदालतमा उपस्थित
३१ जेठः नक्कली शरणार्थी प्रकरणमा संलग्नको अन्तिम फैसला आउँदै

प्रकाशित: Jun 12, 2023| 14:05 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्