शुक्रबार, चैत १, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरीको सुनुवाइ ३२ जेठमा

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरीको सुनुवाइ ३२ जेठमा

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथि यही जेठ ३२ गते बिहीबार सुनुवाइ हुने भएको छ।

health

संवैधानिक परिषद्‍ले प्रधानन्यायाधीशमा सिफारिस गरेका कार्कीविरूद्ध २९ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिले सबै उजुरीकर्तासँग छलफल गर्न लागेको छ। त्यसपछि सुनुवाइ गर्ने समितिको तयारी छ।

आज सोमबार समितिको बैठक बसेको छ। उजुरीबारे प्रारम्भिक छलफल गरेपछि समितिले उजुरीकर्तालाई बोलाउनेछ। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीलाई त्यसबारे प्रस्ट पार्न अवसर दिइनेछ। 

यी प्रक्रिया पूरा गरेपछि उनको सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

१६ जेठमा सर्वोच्चमा सिफारिस गरिएका प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना निकालेको थियो।

 

प्रकाशित: Jun 12, 2023| 12:43 सोमबार, जेठ २९, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्