NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार पीडितको निवेदन, १० जिल्ला शून्य

मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार पीडितको निवेदन, १० जिल्ला शून्य

मिटरब्याजी धन्धा चलाएर सर्वसाधारणलाई घरबास गराउने अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका साहू–महाजनविरुद्धका मुद्दा प्राथमिकतामा राखेर छिनोफानो गरिँदै।
 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं– मिटरब्याज जाँचबुझ आयोगमा ६७ जिल्लाका २२ हजार मिटरब्याज पीडितले उजुरी दिएका छन्।

सरकारले १७ वैशाखमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेस प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी रहेको आयोगको तथ्यांकले देखाएको छ।

बारामा मात्रै ३ हजार ३२२ निवेदन परेको आयोग सदस्य एवं पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बताए। पर्सामा १ हजार ३२१, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२०, महोत्तरीमा २ हजार ३३६, धनुषामा २ हजार ६१५, सिराहामा २ हजार ९२० र सप्तरीमा १ हजार ५७९ वटा निवेदन परेको उनले जानकारी दिए।

‘आयोगमा पीडितका तर्फबाट २२ हजार निवेदन परेका छन्। १६ हजारको तथ्यांक इन्ट्री भइसकेको छ भने केही मुद्दामा मिलापत्र भएको छ। अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका मुद्दालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर समाधान गरिनेछ’, उनले भने।

आयोगका सदस्य एवं प्रवक्ता उत्तमराज सुवेदीले जिल्ला प्रशासन कार्यालय, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, न्यायिक समितिसहित सरोकारवालाले पनि मिटरब्याज पीडितका लागि काम अघि बढाएको बताए।

Metro Mart

आयोग अध्यक्ष कार्कीले मिटरब्याजीपीडितको न्यायका पक्षमा काम अघि बढाउन चुनौतीपूर्ण रहे पनि समाधान आउने विश्वास व्यक्त गरे।

उनले भने, ‘२० जिल्लामा स्थलगत अध्ययनमा जाँदा धेरै किसिमका समस्या पायौं। गरिब जनताले कृषि कार्यका लागि साहूमहाजनबाट ऋण लिँदा एकको तीन गुणा लेख्ने गरेको पाइयो। यो विकृति तोड्न निकै सकस छ। हामीले पीडितलाई न्याय दिने गरी काम गरिरहेका छौं।’

प्रकाशित: Jun 12, 2023| 11:39 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्