सोमबार, वैशाख २८, २०८३

संसदीय सुनुवाइ समिति बैठक बस्दै

सर्वोच्चमा सिफारिस प्रधानन्यायाधीश कार्कीका उजुरीबारे चर्चा हुने।
 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं– सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ। आज बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि समिति सदस्यले छलफल गर्न लागेका हुन्।

National life

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न बैठक बोलाइएको समिति सदस्य एवं एमाले सचेतक महेश बर्तौलाले बताए। बैठकमा उजुरीकर्तालाई छलफलमा बोलाउनेबारे निर्णय हुने बताइएको छ। 

१६ जेठमा सर्वोच्चमा सिफारिस गरिएका प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना निकालेको थियो। उजुरीमाथिको छलफलपछि कार्कीलाई पनि समितिमा बोलाइनेछ। 

आइतबार कामु प्रधानन्यायाधीश कार्कीलाई अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो। कार्की ६५ वर्षे उमेर हदका कारण आगामी २० साउनदेखि अनिवार्य अवकाशमा जानेछन्। अवकाशको एक महिना अघिदेखि प्रधानन्यायाधीश इजलासमा बस्न नपाउने कानुनी प्रावधान छ।

प्रकाशित: Jun 12, 2023| 10:50 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्